
काठमाडौं : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीन सरकारको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बिआरआईबाट दक्षिण एशियाली मुलुकहरुलाई आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्ने बताए ।
उनले गरिबी निवारणमा सबै मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताए। उनले बिआरआईलाई थप गति दिन आवश्यक रहेको पनि बताए ।
अध्यक्ष तिमिल्सिनाले बिआरआईको कार्यान्वयनमा कमी कमजोरी देखिए सच्याउँदै अघि बढ्नुपर्ने बताए।
कमेन्ट गर्नुहोस्
