काठमाण्डौं उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ

Share:

काठमाडौं : नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले  सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन कानुनबमोजिम बल प्रयोगको सिद्धान्त अवलम्बन गनुपर्नेमा जोड दिएका छन् । मंसिर ७ मा हुने भनिएको प्रदर्शनको सुरक्षा व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीलार्ई संयमित हुन उनले निर्देशन दिएका हुन् ।

बुधबार प्रहरी प्रधान कार्यालयको एक कार्यक्रममा बोल्दै उनले सुरक्षा चुनौतीको सामना गर्न तयार पारिएको सुरक्षा योजना तथा नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन् । आवश्यकताअनुसार अन्य सुरक्षा निकायसँग आपसी समन्वय र सहकार्य गर्नुपर्नेमा उनको जोड छ ।

आईजीपी कुँवरले कार्यसम्पादनका सिलसिलामा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न तयारी अवस्थामा रहन आग्रह गरे ।  साथै, उनले प्रहरी कर्मचारीहरूले आफ्नो विवेकको उचित प्रयोग गर्दै धैर्य र संयमित भएर सुरक्षा व्यवस्थापनलार्ई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

आज बिहीबार हुन लागेको उपत्यका केन्द्रित प्रदर्शनको सुरक्षाका लागि उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। उपत्यकाका तिनवटै जिल्लाका चोकचोक र गल्ली तथा सडकहरूमा सुरक्षा फोर्सको परिचालन गरिएको छ । अप्रिय घटना नहोस भनेर प्रहरीले सिभिल ड्रेसमासमेत प्रहरी परिचालन गरेको छ। सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि फिल्ममा खटिएका छन् ।
कमेन्ट गर्नुहोस्
Share: