काबुल विमानस्थल नजिक आत्मघाति बम बिस्फोट हुँदा तीन जनाको मृत्यु

Share:

काबुल,जेठ ३ / अफगानिस्तानको राजधानी काबुलमा रहेको काबुल अन्तर्राष्ट्रिय विमानस्थलनजिक आइतबार आत्मघाति बम आक्रमण हुँदा तीन जनाको ज्यान गएको छ ।

काबुल विमानस्थलको प्रवेश द्वार नजिक भएको बम आक्रमणमा दुई जना अफगान किशोरी र एक जना बेलायती नागरिकको ज्यान गएको हो । आक्रमणमा अन्य १८ जना घाइते भएका छन् । आक्रमणकारीले युरोपियन प्रहरीको ट्रेनिङ मिसनले प्रयोग गर्दै आएको गाडीलाई लक्ष्ति गरी आक्रमण गरेका हुन् ।

बिद्रोही संगठन तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ । काबुलमा एक हप्ता भित्र भएको यो दोस्रो आक्रामण हो । गएको बुधबार तालिबानले काबुलको एक होटलमा गरेको आक्रमणमा १४ जनाको ज्यान गएको थियो । ज्यान जानेमा सबै जसो विदेशी नागरिक थिए ।

कमेन्ट गर्नुहोस्
Share: