दुर्गा प्रसाईं समूहले शुक्रबारदेखि तीनकुनेमा प्रदर्शन गर्ने

167
0
Share:

काठमाण्डौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले शुक्रबारबाट तिनकुनेमा प्रदर्शन गर्ने भएकाे छ । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेकाे प्रसाईं समूहले शुक्रबारबाट तिनकुनेमा प्रदर्शन गर्ने भएकाे हाे ।

प्रसाईं समूहले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: