प्रशासनको चेतावनीका बीच शनिबार पनि तीनकुनेमा प्रदर्शनको तयारीमा प्रसाईँ

Share:

काठमाडौं : तीनकुनेमा प्रदर्शन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय काण्ठमाण्डौंको चेतावनीका बीच पनि गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंले शनिबार समेत तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् ।

शुक्रवार ठिमीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले शनिवार तीनकुनेमा हुने प्रदर्शनमा आफू पनि सहभागी हुने बताएका छन ।
प्रसाईंले सरकारले आफ्नो सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप लगाए । उनले आफू गोली खान वा जेल जान तयार रहेको बताउँदै आफू आन्दोलन छोडेर नभाग्ने उल्लेख गरे । उनले आफूलाई नजरबन्दमा राखिएको बताउँदै राजनीतिक दलहरू एकातिर आफू र आफ्नो पक्षमा रहेका जनताहरू प्रतिपक्ष रहेको दाबी गरे ।

प्रसाईँले आफ्ना मान्छेलाई सरकारले पार्टी प्यालेसमा लगेर नजरबन्दमा राखिएको र २७ सय जनालाई पक्राउ गरेको दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: