पोखरा जेसीजको अध्यक्ष पदमा देवराज शर्मा चयन

Share:

कास्की :  पोखरा जेसीजको अध्यक्ष पदमा देवराज शर्मा निर्वाचित भएका छन् ।

 

शनिबार सम्पन्न ४४ औं शाखा अधिवेशन तथा ४९ औं वार्षिक साधारणसभाले २०२४ का लागि शर्मा अध्यक्ष पदमा सर्वसम्मत बनेका हुन् ।

 

सभाले संस्थाको कानुनी सल्लाहकारमा कुशल पौडेल चयन गरेको छ भने  कार्यकारिणी उपाध्यक्षमा श्रीकृष्ण सुनार छन् ।

 

यस्तै, महासचिवमा तिलकप्रसाद लामिछाने, कोषाध्यक्षमा कपिल पौडेल, सचिवमा रविन पौडेल चयन भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: