रुसले सन् २०२४ मा ठूलो रणनीतिक सैन्य अभ्यास गर्ने

Share:

रुसले अर्को वर्ष “ओशन-२०२४” नमाक सैन्य रणनीतिक कमाण्ड र स्टाफ अभ्यास गर्ने भएको छ ।  रुसी रक्षामन्त्री सर्गेई शोइगुले शुक्रबार रक्षा मन्त्रालयको बोर्डको बैठकमा सो बारे जनाकारी गराएका हुन् ।

“ती अभ्यासहरूमध्ये करिब २० वटा विदेशी राज्यका एकाइहरू सामेल हुनेछन । त्यसैगरी  चारवटा अभ्यास सामूहिक सुरक्षा सन्धि सङ्गठन र साङ्घाई सहयोग सङ्गठनको ढाँचाभित्र हुनेछन्”, उनले भने ।

रक्षामन्त्रीका अनुसार यो अभ्यास “ओशन-२०२४” रणनीतिक कमाण्ड र स्टाफ अभ्यासको साथ आयोजना हुनेछ जसमा रुसी सशस्त्र बलका सबै शाखाहरू समावेश हुनेछन् ।

सोइगुले लडाई प्रशिक्षण योजनाको कार्यान्वयनले “राष्ट्रिय हितको रक्षा गर्ने र सैन्य र राजनीतिक परिस्थितिमा भएको परिवर्तनको लागि समयमै प्रतिक्रिया दिने उद्देश्यका साथ कार्य गर्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: