आजको मौसम : हिमाली क्षेत्रमा हिमपातको सम्भावना

153
0
Share:

 

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव  रहेको छ ।

 

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिममा मौसम सामान्यतया सफा रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

 

आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार आज कोशी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

अहिले काठमाडौंको वायुको तापक्रम ११ डिग्री सेन्डिग्रेड रहेको तथा पारदर्शीता तीन हजार पाँच सय किलोमिटर रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी काठमाडौंमा आज बिहान ६ बजेको न्यूनतम तापक्रम १० डिग्री सेन्डिग्रेड थियो । आज अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेन्डिग्रेडको बीचमा रहने मौसमविद् नगरकोटीले बताइन् । उनले भनिन्, “काठमाडौंमा आज मौसम धुम्म भए पनि आंशिक बदली रहने छ । वर्षाको भने सम्भावना छैन ।”

 

आज राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: