
धनकुटा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् ।
भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन् ।
मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका यतिबेला धनकुटामा रहेका छन् ।
फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका राईले ओलीलाई आक्रमण गरेका हुन् । उनको आक्रमणलगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
कमेन्ट गर्नुहोस्
