
इराकी सुरक्षाकर्मीहरूले १० वर्षको अन्तरालपछि सोमबार हुने प्रान्तीय निर्वाचनअघि शनिबार देशका १८ प्रान्तमध्ये १५ वटा प्रान्तमा मतदान गरेका छन् ।
स्थानीय समयानुसार बिहान ७ बजेपछि मतदान शुरु भएको थियो । इराकको राजधानी बगदाद र नजिकका तीन प्रान्तबाहेक देशका अन्य १५ प्रान्तका विभिन्न शहरहरूका मतदान केन्द्रहरूमा सैनिक र प्रहरीहरू मतदान गर्न लाइनमा बसेका देखिन्थे।
इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगको तथ्यांकअनुसार १५ वटा प्रान्तका ५६५ मतदान केन्द्रमा १० लाखभन्दा बढी सुरक्षाकर्मी मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ। इराकमा पछिल्लो प्रान्तीय निर्वाचन सन् २०१३ अप्रिलमा भएको थियो।
कमेन्ट गर्नुहोस्
