
पोखरा, ११ जेठ। जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, प्याब्सन र एन–प्याब्सान कास्कीको विशेष सहयोगमा वैशाख १४ गतेदेखि पोखरामा सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ। यसअघि वैशाख १८ गतेदेखि हुने भनिए पनि वैशाख १२ गते आएको महाभूकम्पका कारण स्थगित भएको थियो।
भूकम्पबाट क्षतविक्षत भएको खेलाडीहरूको मनलाई त्रासबाट मुक्त गर्न तथा खेलकुदप्रति आकर्ष बढाउन सातौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता गरिन लागेको सोमबार पोखरा र·शालामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
जेठ १७ गतेसम्म सञ्चालन हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताअन्तर्गत छात्रछात्रा भलिबल र एथलेटिक्सतर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, १५ सय मिटर, ४ह१०० मिटर, ४ह४०० मिटर रिले, हार्ईजम्प, लङजम्प, ज्याभ्लिन थ्रो, सटपुटतर्फ छात्रछात्राको प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष सुमन देवकोटाले जानकारी दिए। प्रतियोगितामा हालै एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीले पनि सहभागिता जनाउन पाउनेछन्।
पोखरा र·शालामा कास्कीका चारवटै निर्वाचन क्षेत्रका छुट्टाछुट्टै प्रतिस्पर्धा समेत गराइने छ भने निर्वाचन क्षेत्रबाट प्रथम र द्वितीय भएका टीम तथा खेलाडीलाई जिल्लास्तरीयमा सहभागी गराइने समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए।
पत्रकार सम्मेलनमा कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले भूकम्पबाट केही त्रसित भएका विद्यार्थीलाई पहिलेकै अवस्थामा फर्काउन यो अवस्थामा खेल गतिविधि गर्नु आवश्यक भएकोले प्रतियोगिता आयोजना गर्न लागिएको बताए।
प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले भूकम्पले प्रभावित भएको अवस्थामा निरास भएका मनलाई पुनर्जागरण गर्न पनि यस्तो खेल गतिविधिले सहयोग पु¥याउने विश्वास व्यक्त गरे। विजेता विद्यालयलाई १५ हजार, उपविजेतालाई १२ हजार र तेस्रो हुनेलाई नौ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। उत्कृष्ट हुने छात्र तथा छात्रालाई छात्रवृत्तिस्वरुप जनही १० हजार पुरस्कार प्रदान गरिने छ। प्रतियोगिता सम्पन्न गर्न छ लाख लाग्ने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले प्रत्येक निर्वाचन क्षेत्रलाई ५० हजार ( कास्कीमा चार निर्वाचन क्षेत्र छन्) तथा जिल्लालाई आउने दुई लाख गरी चार लाख तथा नपुग रकम स्थानीय सङ्घसंस्थाबाट जुटाइने समितिले जनाएको छ।
जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष सुमन देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समितिका कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए।
तस्विर सौजन्य ः दिननाथ बराल
