प्राग विश्वविद्यालयमा गोली प्रहारः १० जनाको हत्या

Share:

प्राग विश्वविद्यालयमा गोली प्रहार गरी १० जनाको हत्या गरिएको छ ।

घटनामा २० जना घाइते भएका छन्। २४ वर्षीय ती बन्दुकधारीले विश्वविद्यालयमा अन्धाधुन्द गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ। तर यसको पुष्टि हुन बाँकी छ।

चेकका राष्ट्रपति पेटर पावेलले प्रागको चार्ल्स विश्वविद्यालयमा बिहीबार भएको गोलीबारीबाट आफू “स्तब्ध” भएको बताएका छन् ।

बिहीबार पेरिसको दुईदिने भ्रमणमा रहेका पावेलले भने- “घटनाबाट स्तब्ध छु… गोलीबारीमा मारिएकाहरूका परिवार र आफन्तहरूप्रति गहिरो दुःख र गहिरो समवेदना प्रकट गर्न चाहन्छु ।”

कमेन्ट गर्नुहोस्
Share: