बाघको आक्रमणबाट बालकको मृत्यु

Share:

 

बर्दिया : बारबर्दिया नगरपालिका–४ बैरियामा शनिबार बाघको आक्रमणमा बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा १२ वर्षीय सुमित थारु रहेका छन् ।  बबई नदिमा नुहाउन गएको अवस्थामा जिरा सामुदायिक वन नजिकै पाटे बाघले आक्रमण गर्दा उनी घाइते बनाएको थियो ।

उपचारका लागि आर.सी. थारु मेमोरियल अस्पताल जयनगर बर्दिया लगिएको थियो । अस्पतालले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: