आठ लाख अफगानी शरणार्थी घर फर्के

Share:

गत अक्टोबरदेखि करिब आठ लाख अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्किएको अफगानी सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् ।

“अक्टोबरदेखि करिब ८ लाख शरणार्थीहरू घर फर्किएकोमा आधा पाकिस्तानबाट फर्किएको स्थानीय टेलिभिजन च्यानल टोलोन्युजले मुजाहिदलाई उद्धृत गर्दै जनाएको छ ।

फर्कन बाँकी शरणर्थीमध्ये अधिकांश इरानबाट तथा हजारौं टर्किएबाट रहेको मुजाहिदले बताए । २५ लाखभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तानमा र त्यति नै संख्या इरानमा बस्दै आएका छन् ।

शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्री अर्सला खरोतीले  दैनिक हजारौं अफगान शरणार्थी स्वदेश फर्किएको पुष्टि गरेका छन् ।  अधिकारीहरूका अनुसार लाखौं अफगानीहरू विदेशमा शरणार्थीको रूपमा बस्दै आएका छन् ।

 

कमेन्ट गर्नुहोस्
Share: