ठूलो दुर्घटनाबाट जोगियो गोमा एयरको विमान

Share:

नवराज ढुङ्गाना/
जेठ १९ गते–
पोखरा विमानस्थलमा गोमा एयरको विमान आज बिहान सामान्य दुर्घटनामा परेको छ ।

मङ्गलबार बिहान करिब साढे ७ बजे जोमसोमबाट पोखरा आउँदै गरेको विमान अवतरणका क्रममा गियरमा समस्या देखिएपछि ठूलो आवाजसहित जहाज घिसारिएको थियो ।

ठूलो दुर्घटनाबाट हुनबाट जोगिएको विमानमा रहेका सबै यात्रु तथा चालकदलका सदस्यहरु भने सकुशल रहेको पोखरा विमानस्थलले जनाएको छ ।

विमानमा १८ जना यात्रु थिए । विमान रन वे मै रोकिएपछि अहिले पोखरा विमानस्थलबाट हुने सबै उडान तथा अवतरण बन्द गरिएको पोखरा विमानस्थलका प्रशासन प्रमुख काशिनाथ पौडेलले जानकारी दिएका छन् ।

विमानलाई तानेर पार्किस्थलमा ल्याएपछि रोकिएका उडान तथा अवतरण सुचारु गरिने उनले बताए । विमानको मर्मत र चेकजाँचपछि मात्रै उक्त विमानले पुनः उडान गर्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: