
सिन्धुपाल्चोक, जेष्ठ १९ / माउन्टेन एयरकाे हेलिकप्टर सिन्धुपाल्चाेककाे यमुना डाँडा गाविस- ८ काे शिला पर्वत जंगलमा मंगलबार दिउँसाे दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ४ जनाकाे मृत्यु भएकाे छ ।

दुर्घटनास्थलमा नेपाली सेनाकाे प्लाटुन पुगिसकेकाे छ । सेनाले दुर्घटनास्थलमा ४ वटा शव भेटिएकाे जनाएकाे छ । स्थानीयका अनुसार कम उचाईमा रहेको उक्त हेलिकप्टर बिजुलीको हाईटेन्सन लाईनमा ठोक्किएर दुर्घटना भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कायम मुकायम महाप्रवन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले माउन्टेन एयरको हेलिकप्टर दुर्घटना भएको पुष्टी गरेका छन् । काठमडौंबाट राहत सामग्री लिएर उक्त हेलिकप्टर दोलखा गएको थियो । विमानस्थलका एटसी चिफ भरत शर्माले घट्नास्थल तर्फ खोज तथा उद्धारका लागि अर्को हेलिकप्टर पठाइएको बताए ।
माउन्टेन एयरका म्यानेजर वसन्त भण्डारीका अनुसार 9N AJP कल साइन भएको उक्त हेलिकप्टरमा क्याप्टेन सुवेक श्रेष्ठसहित ४ यात्रु थिए । उनका अनुसार हेलिकप्टरमा ३ नेपाली र १ डच नागरिक थिए ।

बिहान ७ बजे र दिउसाे १२ बजे यसै ठाउँमा हेलिकप्टरले उडान गरेकाे थियाे । तेस्राे उडानमा दुर्घटना भएकाे हाे । हेलिकप्टर २:२५ मा काठमाडाैंबाट उडेकाे थियाे । एमएसएफ नामक अाइएनजिअोले चलाएकाे स्वास्थ्य शिविरका लागि हेलिकप्टरले उडान गरिरहेकाे थियाे । मेडिकल टिमलाई लिएर फर्किँदा दुर्घटना भएकाे हाे ।
ekantipur.com
