मिडियामा आइरहेका ‘स्लिप’ मा कोहि ‘स्लिप’ हुनुपर्दैन : रवि लामिछाने

Share:

 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  मिडियामा आफूविरुद्ध आइरहेका समाचारहरूमाथि जवाफ दिन पत्रकार सम्मेलन गर्ने भएका छन् ।

सोमबार फेसबुकमा एक स्टाटस लेख्दै उनले सम्भवन आज बेलुका नै पत्रकार सम्मेलन गर्न लागेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘ गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका “स्लिप” मा कोहि “स्लिप” हुनै पर्दैन।  बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।‘

कमेन्ट गर्नुहोस्
Share: