
काठमाडौं : सार्वजनिक खरिदमा कलम चलाइरहने लेखक दिनेश लम्सालको पुस्तक नेपालमा सार्वजनिक खरिद (अवधारणा र अभ्यास) विमोचन भएको छ ।
काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैङक्वेटमा भएको कार्यक्रममा मुख्य अतिथी भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला एवम् विशेष अतिथि नेपाल सरकारका सचिवहरूले संयुक्तरूपमा उक्त पुस्तकको विमोचन गरेका थिए ।
उक्त कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन सचिव बिनोद प्रकास सिंह तथा भौतिक पुर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा लगावि बिभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
पुस्तकको समिक्षा पूर्वसचिव सुरेश प्रधान, खरिद विज्ञ शक्ति प्रसाद श्रेष्ठ, सार्वजनिक खरिद अनुगमन कार्यालयका ले गरेका थिए ।
उक्त पुस्तक २ भागमा लेखिएको जसमा पहिलो भागमा विभिन्न समयमा लेखिएका लेखहरू समाविष्ट छन् भने दोस्रो चरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी भएका राय परामर्शहरूलाई बोलपत्र चरणका आधारमा विभाजन गरी प्रस्तुत गरिएको छ । सैदान्तिक भन्दा अभ्यास पक्षलाई फोकस गरिएको उक्त पुस्तकले सार्वजनिक खरिदमा रहेका अधिकांश उल्झनहरूको समाधान गर्ने लेखकले दावी गरेका छन् ।
