जियाङ्सी प्रान्तीय पूर्व वरिष्ठ विधायक घूसकाण्डमा दोषी ठहर

Share:

सर्वोच्च पिपुल्स प्रोक्युरेटरका अनुसार पूर्वी चीनको जियाङ्सी प्रान्तका पूर्व वरिष्ठ विधायक यिन मेगेनविद्ध घुस लिएको आरोपमा मुद्दा चलाइएको छ ।

 

उनले पदीय मर्यादा विपरित अनुचित फाइदा लिएको, शक्तिको दुरुपयोग गरेको , अवैध रूपमा  ठूलो रकम र बहुमूल्य वस्तुहरू पनि स्वीकार गरेको बताइएको छ ।

 

अभियोजकहरूले यिनलाई प्रतिवादीको कानुनी अधिकारबारे जानकारी दिई सोधपुछ गरी प्रतिरक्षा र सल्लाहकारको तर्क सुन्ने सुविधा दिइएको बताएका छन् ।

 

राष्ट्रिय पर्यवेक्षण आयोगको अनुसन्धानको निष्कर्षपछि पूर्वी चीनको फुजियान प्रान्तको सानमिङको पिपुल्स प्रोक्युरेटरले यो मुद्दा सहरको मध्यवर्ती जनअदालतमा दायर गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: