भारतमा विद्रोहीको धरापमा परी ‘१७ सैनिक मारिए’

Share:

काठमाडौं, जेष्ठ २१ । भारतको मनिपुर राज्यस्थित इम्फाल सहरनजिक विद्रोहीले थापेको धरापमा परी कम्तिमा १७ जना सैनिक मारिएका छन् । धरापमा परी १५ जना घाइते भएका छन् ।

विद्रोहीहरुले घरेलु बम प्रयोग गरेको त्यहाँको प्रहरीले जनाएको छ । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।

गत सोमबार सेनाले एक महिलालाई मारेको प्रतिशोधमा विद्रोहीले यो आक्रमण गरेको अनुमान गरिएको छ ।

सेनाले महिला मारेको आरोप लागेपछि बुधबार मात्र मनिपुरमा विरोध प्रदर्शन भएको थियो । मनिपुरमा लामो समयदेखि विभिन्न लडाकू समुहहरु सक्रिय छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
Share: