२५ गते सम्ममा संघीयताको विषयमा सहमति गर्ने शीर्ष नेताको निर्णय

251
0
Share:

काठमाडौं, जेठ २२ – प्रमुख चार राजनीतिक दलका शीर्ष नेताले जेठ २५ गतेसम्ममा संघीयताको विवाद मिलाएर संविधान निर्माणको प्रक्रिया अगाडि बढाउने समझदारी गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताको बैठकले संघीयता अन्तर्गत प्रदेशको संख्या र सीमांकनको विषयमा रहेको विवाद २५ गतेसम्म मिलाउने र सहमतिबाटै संविधान निर्माणको प्रक्रिया अगाडि बढाउने समझदारी गरेका हुन् ।

बैठकमा ६ र ८ प्रदेशको विकल्पमाथि छलफल भएको र ६ प्रदेशमा सहमतिको सम्भावना रहेको बैठकमा सहभागी नेताहरुले बताएका छन् । प्रमुख चार दलले प्रदेशको संख्या र सीमांकनका विषयमा संविधानसभाभित्र रहेका सबै दलसँग शनिबार छलफल गर्ने छन् ।

संविधानसभाभित्र रहेका अन्य दलहरुको सुझावका आधारमा अन्तिम निर्णय लिने प्रमुख दलका शीर्ष नेताहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: