मुम्बइको २२ तले भवनमा आगलागी, सात जनाको मृत्यु

Share:

काठमाडौं, जेष्ठ २४ । भारतको मुम्बईमा एक भवनमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । आगलागीमा १८ जना जलेका छन् ।

मुम्बईको चाँदीवली शहरमा रहेको २२ तलाको भवनको १४ तलाबाट आगो सल्केको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगलागी लगत्तै सो भवनामा रहेकाहरुमा भागदौड मच्चिएको थियो । भागदौडका क्रममा थुप्रै घाइते भएका छन् ।

आगलागी पछी सो भवन खाली गराईको छ भने आगलागीको कारण थाहा हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
Share: