
बुटवल, जेष्ठ २५ । बुटवलमा भएको १८औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजकको टिम रुपन्देही–११ ले जितेको छ ।
गर्मीबीच सोमबार एन्फा टेक्निकल सेन्टरमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै रुपन्देहीले उपाधि जितेको हो । छैटौं मिनेटमा टंक बस्नेतको गोलबाट अग्रता लिएको आर्मीले त्यसलाई मध्यान्तरसम्म कायमै राखेको थियो ।
तर, मध्यान्तरपछि भने रुपन्देहीले लगातार तीन गोल ग¥यो । रुपन्देहीलाई जिताउनेक्रममा सुजल श्रेष्ठले दुई तथा दीपक राईले एक गोल गरे ।
सेमिफाइनलमा भारतको दार्जिलिङ–११ लाई हराउँदै रुपन्देही तथा झापा–११ लाई हराउंँदै आर्मी फाइनलमा पुगेका थिए ।
विजेताले ३ लाख ७५ हजार तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगिता भूकम्पपीडितलाई सघाउने उद्देश्यले आयोजना गरिएको हो ।
