
काठमाडौं : आईसिसी विश्व क्रिकेट लिग टु अन्तर्गत सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान सवा ९ बजे सुरु हुनेछ। नामिबियाविरुद्ध जितका साथ नेपाल लिग टुमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ।
३ वर्षसम्म चल्ने सिरिजका शीर्ष ४ टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन्। खेल २०२४ देखि २०२७ सम्म चल्नेछ।
यसपटक लिग टु मा नेपालले प्रत्येक वर्ष ३-३ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ। लिग टु बाहेक एक दिवसीय र टि ट्वेन्टी सिरिज पनि तालिकामा छन्। यसअघि २०१९ देखि २०२३ सम्मको लिग टु मा सहभागी ७ टोलीमध्ये स्कटल्याण्ड, ओमान र नेपाल शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोट भएका थिए।
कमेन्ट गर्नुहोस्
