कम हुन थाल्यो परकम्प, तीन दिन पछि अर्को धक्का

229
0
Share:

काठमाडौं, २८ जेठ । गत बैशाख १२ गतेको भूकम्पबाट त्रसित बनेका नेपालीलाई पछिल्ला दिनमा भने भूकम्पको पराकम्प कम महशूस हुँदै गएको छ ।

५२ घण्टापछि गए राति भूकम्पको एउटा पराकम्प गएको छ । राति २ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भई ४ दशमलव १ म्याग्नेच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि आइतबार राति १० बजेर ३५ मिनेटमा दोलखा केन्द्र भएर ४ म्याग्नेच्यूडको पराकम्प गएको थियो । त्यसपछि सोमबार र मंगलबार भूकम्पको पराकम्पन गएको थिएन ।

बैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर ७ दशमलव ६ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: