सेती नदीमा माछा मार्न गएका एकको शव सशस्त्र प्रहरीले निकाल्यो, एकको खोजिकार्य जारी

257
0
Share:

कास्की : जिल्ला पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदिमा माछा मार्ने क्रममा बेपत्ता एकको शव सशस्त्र प्रहरीले निकालेको छ, भने एकको
खोजिकार्य जारी छ ।

माछा मार्न गएका ५ जनामध्ये सोही महानगरपालिका– १ कसेरी बस्ने ४० वर्षका मृत मंगा तामाङ्ग ढुङ्गामा अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गएको गोताखोर र बिपद् उद्धार टिमसहितको फौजले गए राती पौने १ बजे शव निकालेको छ ।

सोही ठाउँ बस्ने ४३ बर्षका रक्सेस तामाङ्गको गोताखोर र बिपद् उद्धार टिमले खोजी कार्य जारी राखेको छ । शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ । माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: