मादक पदार्थ सेवन गरी हत्या गरेको आरोपमा एकजना पक्राउ

198
0
Share:

बझाङ : जयपृथ्बी नगरपालिका-७ सुबेडास्थित किमतोली बस्ने ४० वर्षीय राम प्रशाद जोशीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४८ वर्षीय जय बहादुर हमाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी हमालले कुटपिट गर्दा जोशीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि हमालको छोरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: