टी-२० आई सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

Share:

काठमाडौं : नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । खे ल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

मंगलबार नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका  दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाए। रोहित पौडेल ४२,  कुशल मल्ल ३२, सोमपाल कामी २६,गुलशन झा १२, विवेक यादव र आशिफ शेख ६, सन्दीप जोरा ५, करण केसी २ र कुशल भुर्तेल शून्यमा आउट भए।

२०६ रन बनाउने क्रममा नामिबियाका क्याट्सम्यान जान निकोलले आक्रामक ब्याटिङ गर्दै १०१ रन बनाएर आउट भए भने ओपनर मलन क्रुङरले ५९ रन बनाए।

​यस्तै, माइलक भान लिङेनले २०, जेपी कोट्जेले ११ र जान फ्रिलिंकले ५ रन बनाए।  नेपालका लागि रोहित पौडेलले २ र करण केसी र अविनास बोहराले एक एक विकेट लिए।

कमेन्ट गर्नुहोस्
Share: