सन्दीप लामिछानेको मुद्दामा आफ्नो नियोजित दुष्प्रचार गरिएको भन्दै पारस खड्काको आपत्ति

Share:

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आफूलाई जोडेर नियोजित दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्।

बुधबार एक स्टाटस हाल्दै खड्काले पछिल्लो केहि समय यता सामाजिक संजालमा आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले म माथी भैरहेको व्यक्तिगत आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘नेपालको कानुनले कसैलाईपनि विना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन। नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको छ’, उनले भने, ‘नेपाली क्रिकेटसंग सम्बन्धित विभिन्न पक्षहरू र विशेषत: सन्दिप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जानेनै छ। यो सबैका विच समेत तर्कहिन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथी भैरहेको नियोजित षड्यन्त्रलाई ढिलो चांडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु।‘

उनले नेपाली क्रिकेटप्रतिको आफ्नो निस्वार्थ: भावना र यसको विकास, विस्तार प्रतिको मेरो अठोटमा कदापि पनि परिवर्तन नआउने समेत बताएका छन्।

 

 

कमेन्ट गर्नुहोस्
Share: