प्रतिकूल मौसमका कारण गृहमन्त्रीको पोखरा जाने कार्यक्रम स्थगित

Share:

काठमाडौँ। प्रतिकूल मौसमका कारण गृहमन्त्री रमेश लेखकको पोखरा जाने कार्यक्रम स्थगित भएको छ।

बुधबार काठमाडौंबाट पोखराका लागि तय भएका नेपाल एयरलाइन्सको विमान प्रतिकूल मौसमका कारण प्रभावित भएपछि गृहमन्त्री लेखकको पोखरा जाने कार्यक्रम स्थगित भएको हो। पोखराका चारवटा उडान प्रतिकूल मौसमकै कारण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यकाका केही ठाउँमा बिहान पानी परेको थियो। अहिले काठमाडौँको आकाशमा बादल लागेको छ।

कमेन्ट गर्नुहोस्
Share: