रञ्जन अधिकारी, पोखरा, १९ वैशाख / राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी आमन्त्रित केन्द्रिय सदस्य विष्णुदेवी गुरुङले प्रमुख राजनीतिक दलहरुले जनताको भवना विपािरत मुलुकमा गणतन्त्र, धर्मनिरपेक्षता घोषणा गर्दै संघीयता लाद्न खोजेपनि जनताले स्विकार नगरेको बताएकी छिन् । राप्रपा नेपाल कास्कीको शुक्रबार पोखरामा दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले नेपाला जनताको चाहना विपरित गणतन्त्र आएको र जनमत संग्रह भएमा जनताले उल्टाईदिने बताईन् ।
‘राजालाई पाखा लगाएर मुलुक अघि बढ्न सक्दैन भन्ने जनतालो थाहा पाईसके ’ उनले भनिन् ‘गणतान्त्रिक मुलुकका प्रधानमन्त्री नै मुलुकको चाबी नै आफ्नो हातमा नरहेको बताउँछन् । धर्म, माटो जोगाएर भावी सन्ततिलाई सुम्पनु हाम्रो दायित्व हो ।’ गुरुङले सानो मुलुकमा संघीयता हुन नहुने र यसले सदियौंदेखि मिलेर बसेका जातजाति, भाषाभाषीबीच बेमेल निम्तिने खतरा औंल्याईन् । राजसंस्था, हिन्दुा अधिराज्यका लागि नै राप्रपा नेपाललाई जनताले चौथो पार्टी बनाएको भन्दै उनले लोकतन्त्रमा माओवादीदेखि राजालाई स्थान दिन काँग्रेस र एमालेलाई जनताले फेरि एकपटक मौका दिएको बताईन् ।
अर्का आमन्त्रित केन्द्रिय सदस्य रोमबहादुर भण्डारीाले गणतन्त्र र संघीयता बोकेर हिँड्ने एमाओवादीदलाई दोस्रो संविधानसभाबाट जनताले पाखा लगाएकालोा अझै पनि मुलुकको हित विपरित अघि बढे काँग्रेस एमाले पनि बढारिने दाबी गरे । नेपाली जनता राजसंस्था, हिन्दु सापेक्ष राष्ट्र र एकीकृत नेपालको पक्षमा रहेको उल्लेख गर्दै उनले जनताको ईच्छा विपरित काँग्रेस एमाले अघि नबढ्न चेतावनी ािदए । ‘प्रमुख पार्टीहरुले अझै पनि राप्रपा नेपालदलाई निषेध गरेको अवस्था छ ।’ भण्डारीलो भने ‘हामी चौथो शक्ति बनेर आएका छौं । कमजोर नठान्नुहोसा् । राष्ट्रका लागि जुनसुकै मूल्य चुकाउन तयार छौं ।’
सभासद् तथा नेपाली काँग्रेस, कास्कीका सभापति यज्ञबहादुर थापाले संविधान निर्माण गर्न सदनमा ारचनात्मक प्रतिपक्षीको भूमिका खेल्न राप्रपा नेपाललाई आग्रह गरे । नेकपा एमाले कास्कीका सचिवालय सदस्य लक्ष्मी अधिकारीलो संविधान लेखन प्रक्रियामा सहयोग गर्न अपिल गरे ।
कार्यक्रमको अध्यक्षता समेत गरेका राप्रपा नेपाल कास्ीका अध्यक्ष जयलाल पुनले गणतन्त्र ाआएपनि पनि जनताको जीवनस्तर जस्ताको तस्तै रहेको, बेरोजगार ासंख्या बढ्दो रहेको भन्दै राजतन्त्र फालेर जनतालाई के मिल्यो ? भन्दै प्रश्न गरे । उनले राजसंस्थाको अन्त्यसँगै नागाािरक शासन अन्त्य, भ्रष्टाचारमा वृद्धि भएको उल्लेख गर्दै मुलुकलाई भारतको प्रदेश बनाउन ठूला पार्टीहरु उद्दत रहेको आरोप लगाए ।
कार्यक्रममा पार्टीका नेताहरु रमेश बहादुर भट्टराई, भिमराज भण्डारी, पोखरा नगर समितिका अध्यक्ष डा. महेन्द्रबहादुर कार्की, क्षेत्र नं. ३ का अध्यक्ष कृष्ण अधिकारी लगायतले बोलेका थिए । सहअध्यक्ष बरुणविक्रम राणाले संचालन गरेको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष नेत्रबहादुर बस्नेतले गरेका थिए । शुक्रबार अबेरसम्म सर्वसम्मतको प्रयास भईरहेको बताईएको छ ।
