पोखरामा दुई अल्ट्रालाइट पाइलट, ट्रेनिङ स्कुलमा युवाको आकर्षण

Share:

सागर राज तिमिल्सिना, पोखरा, २१ बैशाख / करिब १७ वर्षको देखि पोखरामा अल्ट्रालाइट सन्चालन भए पनि नेपाली पाइलटहरु भने कमै छन् । तर पछिल्लो समयमा अल्ट्रालाइट पाइलट बन्नका लागी युवाहरुको आक्रषर्ण बढेको छ । पोखरामा पाइलट सिकाउनका लागी एभिया फलाइट टेनिङ्ग स्कुल सन्चालनमा रहेको छ । अहिले यो स्कुलमा १० जना विद्यार्थीहरुले पाइलट परिक्षण लिइरहेका स्कुलका निदेशक प्रविन शेरचनले जानकारी दिए ।

नेपाली पाइलट नहुदा अल्ट्रालाइट चलाउनका लागी विदेशीहरु ल्याउनु पर्ने बाध्यता छ । अहिले सम्म २ जनाले कोर्स सकेर काम गर्न थाली सकेका छन् । सोही स्कुलबाट करिब २ वर्ष पहिले सन्त बहादुर लामिछानेले कोर्स सकेर अहिले टेन्डम फलाइट गर्दै आएका छन् । भने करिब दुई हप्ता पहिलेबाट काठमाडौका सुजन पुरीले कोर्स सकेर टेन्डम फलाइट शुरु गरेका छन् ।

फिलिपिन्समा सिपिए कोर्स गरेका पुरीले एक वर्ष सम्म प्रशिक्षण पछि काम थालेका हुन् । अहिले सम्म नागरिक उड्यानबाट अनुमति पाउने दुइमात्रै पाइलट छन् । त्यसै गरि अर्का भिम लामिछानेले लाइसेन्सको प्रक्रियामा रहेका छन् । नेपालम पाइलट पढेका २ सय भन्दा बढि बेरोजार रहे पनि अल्ट्रालाइटका लागी विदेशी नै ल्याउनु पर्ने वाध्यता छ ।

एभिया फलाइट टेनिङ्ग स्कुलका प्रबन्ध निदेशक नतसा श्रेष्ठले नेपालमा चाहिने अल्ट्रालाइट पाइलट उत्पादन गर्ने उद्देश्यले स्कुल सचालनमा ल्याएको बताइन् । उनले करिब ७ वर्षको प्यास पछि स्कुल दर्ताका अनुमति पाएर सन् २०१० बाट सन्चालनमा ल्याएको बताइन् । उनले अबको दुई वर्षमा अल्ट्रालाइट पाइल विदेशबाट ल्यान नपर्ने बताइन् । अल्ट्रालाइट पाइलट पढ्नका लागी एक वर्षको करिब ५ लाख खर्च लाग्ने उनले बताइन् । २५ घण्टा अल्ट्रालाइट उडाए पछि मात्रै लाइसेन्सको लागी प्रक्रिया शुरु हुने उनको भनाई थियो । पोखरामा तीनवटा अल्ट्रालाइट कम्पनीका करिब ११ वटा जहाज छन् ।

कमेन्ट गर्नुहोस्
Share: