माधब पनेरु पोखरा, २१ वैशाख / नेकपा– माओबादीका सचिब नेत्रबिक्रम चन्द (बिप्लब) जनयुद्धको जगमा जनबिद्रोहको बिकल्प नभएको बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा चन्दले नेकपा– माओबादी सहितको बृहत सहमतिनभए बिद्रोह अन्तीम बिकल्प भएको बताए । नेपालमा पुुरानै सासन प्रणाली, कर्मचारीतन्त्र र सुरक्षा संरचनाको आमुल परिबर्तन भएपछि मात्र नेपाली जनताले गरेका आन्दोलनको उपलब्धी हुने बताए । बृहत शान्ति संझौता तथा बिभिन्न खाले सहमति बाट माओबादी बाहिर आएको भएपनि राज्यका संरचनामा भने माओबादीलाई सियो छिराउने ठाउपनि नदिने खालको अबस्था भएको उनको भनाई थियो ।
एकिकृत नेकपा माओबादीका अध्यक्ष प्रचण्डका दोहोरी चरित्रका कारणले एकतामा समस्या भएको चन्दले बताए । एकताका बिषयमा कुरा हुदा गल्ती महसुस भएपनि उहाले लेखेको दस्ताबेजमा सबै सबै बिग्रीयो र बर्ग बिचलन भयो भनेर उल्लेख गरिएको छ । अहिले आएर प्रचण्डले गल्ती महसुुस गरेको जस्तो लागेको उनले बताए ।
६५ सालमा आफुहरुले राखेको बिषय नै अहिले प्रचण्डको दस्ताबेजमा परेको उनले बताए । उनले लेखेजस्ते पार्टी भष्ट्र र तस्करको हातमा गैसकेको नभएपनि प्रचण्डको लेखाई बिर्सजनबादी सोचका साथ आएको ्चन्दले बताए । जुन कुराको लागि पार्टी अलग भयो त्यही कुरा अहिले उल्लेख गर्नु चाही राम्रै भएको चन्दल उल्लेख गरे
तर एमाओबादी संग अहिलेको कार्यदिशाले एकताको आधार तयार भने नगरेको उनले बताए । संबिधानसभा बहिस्कार गरे नेकपा– माओबादीको कार्यदिशामा आउने संग मात्र एकता हुने चन्दले स्पष्टा पारेका छन ।
