सागर राज तिमिल्सिना पोखरा, २१ वैशाख/शनिवार नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनमा सहभागी हुन पोखराबाट काठमाडौं जाँदै गर्दा सवारी दुर्घटनामा परेका पत्रकार बसन्त अधिकारीको सफल शल्यक्रिया भएको छ । दुर्घटनामा परि उनको देब्रे खुट्टा चार ठाउँमा बाचिएको थियो ।
उनको शनिवार राती ११ बजे देखि आइतबार विहान ५ बजे सम्म खुट्टाको शल्यक्रिया गरेको काठमाडौमा रहेका पत्रकार इन्द्र पौडेलले गन्थन डट कमलाई जानकारी दिए । चार ठाउँमा भाचिए पनि तीन ठाउँको मात्रै शल्यक्रिया गरि स्टिल राखिएको पौडलले बताए । काठमाडौको ग्राण्डी अस्पतालमा उपचाररत अधिकारीको अर्को ठाउँको शल्यक्रिया एक दुई दिनमा हुने पौडेलले जानकारी दिए ।पत्रकार महासंघ कास्की शाखाका सदस्य एवं कान्तिपुर टेलिभिजनका पोखरा संवाददाता अधिकारीको खुट्टा बाहेक अुनहार टाउको, हात लगाएतमा पनि चोट लागेको छ । उनि सवार माइक्रोबसलाई धादिङको वैरेनीमा विपरित दिशाबाट आइरसहेको ट्रकले ठक्कर दिदाँ पत्रकार अधिकारी सख्त घाइते भएका थिए ।
नेपाल पत्रकार महासघ कास्कीले उनको उपचारको सहयोगका लागी महाधिवेशनमा सहभागि पत्रकारहरुबाट ८० हजार रुपैँया संकलन गरि आइतबार अधिकारीका आफन्तलार्य हस्तान्तरण गरेका छन् । अधिकारीको सहयोगार्थ कास्की शाखाको अगुवाईमा अर्थ संकलन गरिएको शाखाका अध्यक्ष रामकृष्ण ज्ञवालीले सहयोग हस्तान्तरण गरे ।
