उनलाई एम्बुलेन्स मार्फत काठमाण्डौ स्थित न्युरो अस्पताल लगिएको हो । कन्चटमा गोली लागेका उनको स्वास्थ्यमा सुधार नआएपछि काठमाण्डौ पठाईएको मणिपाल शिक्षण अस्पतालले जनाएको छ । उनको अबस्था अझैपनि गम्भिर छ ।बैशाख ८ गते पोखराको न्युरोड स्थित मेगा बचल तथा ऋण सहकारी संस्थाबाट दैनिक बचत गर्ने रकम लिएर निस्कदै गर्दा उनलाई सहकारीकै हाताभित्र गोली हानी ३१ लाख ४२ हजार लुटपाट भएको थियो । उनि संगै रहेका सुरक्षा गार्ड गोबिन्द बहादु्र थापाका अनुसार तीन जनाको समुहमा आएका लुटेराले रकम लुटेर भागेका थिए ।
ब्यस्त ब्यापारिक केन्द्र न्यूरोडबाट गोली प्रहार गरी रकम लुटपाट भएको एक साता बितेपनि लुटेरा समुहको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घटना लगतै पोखराका सबै नाका शिल गरी भित्री स्थानमा पनि खाजतलास गरेको प्रहरीले संलगन ब्यक्तिहरुलाई पक्राउ गर्न सकेको छैन ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसन्त कुमार लामाले घटनामा संलग्नताको आशंकामा रहेका ब्यक्तिहरुलाई नियन्त्रणमा लिने र सोधपुछको काम भैरहेको बताएका छन् । उनले छिट्टै अपराधि पत्ता लगाउने दाबि समेत गरेका छन् ।
