नर्वेबाट लामाचौरको नवआदर्शलाई एम्बुलेन्स हस्तान्तरण

Share:

सागर राज तिमिल्सिना पोखरा, २४  बैशाख /पोखरा लामाचौरमा रहेको नवआदर्श सामुदायिक विकास समाजलाई नर्वेको नर्वीक हस्पिटल तथा अन्यको सहयोगमा एम्बुलेन्स सहयोग हस्तान्तरण गरेका छन् । मंगलबार एक कार्यक्रमको आयोजना गरि एम्बुलेन्सको चावी डाक्टर लिना फोनस्की, डाक्टर वाएलीन र डेविडले संयुक्त रुपमा समाजका अध्यक्ष बुद्धिबहादुर खत्री क्षत्रीलाई हस्तान्तरण गरे ।

नर्वेली नागरीक लिना र उनका पति डाक्टर बाइनेस वाएलीनको नेतृत्वमा १० जनाले सहयोग संकलन गरि एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । उनिहरुले एम्बुलेनस खरिदका लागी आवश्यक ११ लाख १७ हजार रुपैया संकलन गरि एम्बुलेन्स खरिद गरेको हुन् । नवआर्दश सँग अब २ वटा एम्बुलेन्स र एउटा सव बहान छन् ।

चावि हस्तान्त्ररण पछि लिनाले विकास समाजले विभिन्न गतिविधिहरु गर्दै आएको देखेर आफुहरुले सानो सहयोग गरेको बताउदै अगामी दिनमा यस्तो सहयोगलाई निरन्तरता दिने बताइन् । प्रदान गरीएको एम्बुलेन्स सेवाबाट गरीब तथा ग्रामिण भेगका जनतालाई समेत सेवा दिने गरी आफ्नो कार्य क्षेत्र विस्तार गर्न आग्रह गर्दै लिनाले आवश्यक परे थप सहयोग गर्न समेत तत्पर रहेको बताईन् ।एम्बुलेन्स तथा शव वाहन परिचालन समितिका संयोजक संजयकुमार अधिकारीले आफुहरुसंग अब दुई वटा एम्बुलेन्स सेवा तथा एउटा शव वाहन भएको बताए । समाजले एम्बुलेन्स संचालनार्थ स्थापना भएको अक्षयकोषमा हाल ४ लाख ५० हजार रुपैया संकलन भएको अधिकारीले बताए । भारतीय राजदुतले २०६५ सालमा एम्बुलेन्स सेवा समाजलाई प्रदान गरेको थियो भने नेपाल च्याम्बर अफ कमर्सले २०६८ सामला एउटा शव वहान प्रदान गरेको थियो । उनले एम्बुलेन्स थपिए पछि सेवा अझ प्रभावकारी हुने बताए ।

सस्थालाई चौधरी गुप्रको तर्फबाट थप एकवटा शव वहान प्राप्त हुन लागेको अध्यक्ष खत्रीले बताए । कास्कीमा हाल सम्म विभिन्न संघ सस्था र हस्पतालले सन्चालन गरेका १८ वटा एम्बुलेन्स छन् भने दुई वटा सव बहान छन् । उक्त अवसरमा डेविडले समाजलाई २० हजार नगद सहयोग समेत गरेका छन् ।

कार्यक्रममा सभासद कुमार खड्काले समाजले लामाचौरको स्वास्थ्य, खेलकुदमा उल्लेखनिय योगदान पुराउदै आएको बताउदै एम्बुलेन्स तथा शव वहान संचालन गर्न निकै कठिन भएकोले यसलाई निरन्तरता दिन सवैले सहयोग गर्नु पर्ने बताए । समाजका सल्लाहकार तथा नेपाल सरकारका पुर्व सचिव बाबुराम आचार्यले नर्वेले नेपालमा शिक्षा तथा जलबिद्युतको क्षेत्रमा समेत लगानी गरेको बताउदै समाजले राम्रो काम गरेकोले नर्वेबाट एम्बुलेन्स सेवा प्राप्त भएको बताए ।

जिल्ला प्रसासन कार्यालय कास्कीका शाखा अधिकृत राम्जी कोईरालाले कास्कीमा रहेका ३१ सय गैर सरकारी संस्थाहरु मध्य समाजको सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गरेकोले अग्रणि स्थानमा रहेको बताए । समाजका अध्यक्ष बुद्धि खत्रिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एम्बुलेन्स समन्य समितिका संयोजक कृष्ण अधिकारी, समाजका कोषाध्यक्ष कृष्ण गुरुङ, सचिव लक्ष्मी पाण्डे लगायतले एम्बुलेन्स र सव वहान सन्चालन गर्दाका कठिनाई औल्याएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: