नेपाल एसीसी प्रिमियर लिग च्याम्पियन बन्न चुक्यो

Share:

२४ बैशाख, क्वालालम्पुर। नेपाल मलेसियमा सम्पन्न एसीसी प्रिमियर लिगको बिजेता बन्ने अबसरबाट चुकेको छ । अन्तिम खेलमा नेपाल चिरप्रतिद्वन्द्वी अफगानिस्तानसँग १०८ रनले पराजित भएपछि नेपालले तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो ।

अाेमान यूएइसँग परािजत भएकाले नेपालले अफगानिस्तानबिरूद्द जितेकाे भए च्याम्पियन बन्ने थियो । तर, अफगानविरूद्द व्याटिङ चलेन जसका कारण हार भयाे । नेपालसँगै समान अंक भएपनि नेट रनरेट राम्रो भएपछि युएर्इ प्रतियोगिताको उपविजेता बन्न सफल भएको छ ।

अफगानिस्तानले दिएको २६३ रनको लक्ष्य पच्छ्याउँदै मैदानमा उत्रेको नेपालले वर्षातबाट झन्डै १ घण्टा खेल प्रभावित भएपछि नयाँ लक्ष्य पाएको थियो । डिएल मेथोडमा ३२ ओभरमा छोट्याइएको खेलमा नेपालले पाएको २३७ रनको नयाँ लक्ष्य पनि भेटाउन सकेन । नेपालले ९ विकेट गुमाउँदै १२८ रनमात्र बनाउन सकेपछि १०८ रनले पराजित हुनुपर्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९ दशमलब ३ ओभरमा अलआउट हुँदै २६२ रन बनाउन सफल भएको थियो ।

अफगानी बलरसँग शुरूबाटै निरीहबनेका नेपाली ब्याट्म्यानले जमेर खेल पस्कन सकेनन् । नेपाली ओपनरमध्ये नरेश बुढाऐरले १० रन बटुलेर पभेलियन फर्कँदा सुवाश खकुरेलले पनि ८ रनमात्रै जोड्न सके ।

नेपालका लागि कप्तान पारस खड्काले ५१ बल खेल्दै सर्बाधिक ३३ रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्लले दोहोरो अंकमात्रै जोड्दै १० रनमा पभेलियन फर्के । २७ बल खेल्दै शक्ति गौचनले जम्मा १९ रनमात्र बनाउन सके ।
बसन्त रेग्मीले १९ बल खेल्दै ८ रन बनाएर पभेलिय फर्के । विनोद भण्डारीले ५ रन जोड्दा एलबीडब्लु धरापमा परे । २० बल खेलेका किशोर खेलाडी आरिफ शेखले जम्मा १ रन बनाउँदै पभेलियन फर्के । शरद भेषावकरले खातै खोल्न सकेनन् । नेपालका लागि बसन्त रेग्मी र शक्ति गौचनले तीन/तीन विकेट लिए। १६ वर्षीय किशोर खेलाडी अरिफ सेखले दुई तथा राज प्रधान र सोमपाल कामीले एक/एक विकेट लिए।

अफगानिस्तानका लागि दुर्इ खेलाडीले अर्धशतक जोड्न भ्याए । उस्मान घानीले ५१ रन बनाए । ६१ बलको सामना गरेका उनले एक छक्का र ८ चौकाको मद्दतले अर्धसतक पुरा गरेका थिए । घानीलाई नेपालका जुनियर टोलीका सदस्य १६ वर्षीय आरिफ सेखले बोल्डआउट गरे । त्यसैगरी हसमाथुल्ला साइदीले ७७ बल खेल्दै ५१ रन जोड्न भ्याए ।
नूरअलि जाडदनले एक छक्का र तीन चौकाको मद्दतले ४३ रन बनाए । २० महोम्मद नाबीले ३४ रन बनाए । रन बनाएका नसिर अहमजाइ बोल्डआउट भए । समिउल्लाह शेलवारीले १८ रन बनाए ।

टस जितेर फिल्डिङ रोजेको नेपालका लागि शक्ति गौचन र बसन्त रेग्मीले ३/३ विकेट लिए भने आरिफ शेखले २ विकेट लिए । त्यसैगरी एक विकेट राजकुमार प्रधानको नाममा रहृयो । नेपालका लागि यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका सोमपाल कामी आजको खेलमा मंहगा सावित भए । उनले आठ ओभर बलिङ गर्दै ६३ रन खर्चेर १ विकेट लिए ।

कमेन्ट गर्नुहोस्
Share: