नयाँ सामसुङ एस फाइभसँग पुराना मोबाईल साटफेरको सुविधा

Share:

काठमाडौं । सामसुङ ग्यालेक्सी एस फाइभ पुरानो मोबाइलसँग पनि साटफेर गर्न सकिने भएको छ । सामसुृङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता इन्टरनेशन मार्केटिङ सर्भिसेजले उक्त सुविधा प्रदान गर्ने भएको हो ।

गत महिना सार्वजनिक गरिएको ग्यालेक्सी एस फाइभ अहिले विश्वभर सर्वाधिक लोकपि्रय स्मार्टफोन बन्न सफल भएको छ । नेपालका कम आम्दानी हुने ग्राहकहरुलाई लक्षित गरेर पुरानो मोबाइलसँग साटफेर गर्न सकिने अफर ल्याएको कम्पनीले जनाएको छ ।

सामसुङको ग्यालेक्सी ग्रान्ड वा सो भन्दा माथिका मोडल र एप्पलको आइफोन ४ वा सो भन्दा माथिका मोबाइलसँग मात्र एस फाइभ साटफेर गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।ग्राहको पुरानो मोबाइलको उचित मूल्यांकन गरी आकर्षक मूल्य निर्धारण गरिने बताउँदै कम्पनीले उक्त मूल्यमा आवश्यक रकम थपेर नयाँ एस फाइभ लैजान सकिने बताएको छ ।

मोबाइल साटफेर गर्न आउँदा ग्राहकले पुरानो मोबाइलको बिल, बक्स,  एसेसोरिजहरु, पासपोर्ट साइजका २ प्रति फोटो र नागरिकताको फोटोकपी लिएर जानुपर्ने कम्पनीले जनाएको छ ।

अपि्रल ११ तारिखदेखि विश्वभर एकसाथ बिक्री सुरु गरिएको एस फाइभ अत्याधुनिक स्मार्टफोन हो । यसमा १६ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ । औंठाछाप स्क्यानर, फिटनेश ट्रयाकर लगायतका नयाँ प्रविधिहरु यस स्मार्टफोनमा राखिएको छ ।

साटफेर अफर सामसुङको शेर्पा मलमा रहेको आउटलेट र खिचापोखरी तथा कुमारीपाटीमा रहेको सामसुङ स्मार्टफोन क्याफेमा उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: