मदन–आश्रित स्मृति दिवसमा एमाले कास्कीले विचार गोष्ठी गर्दै, पोखरा नगर समन्वय कमिटिमा पुनः अधिकारी

Share:

रञ्जन अधिकारी पोखरा, २ जेठ / जेठ ३ गते, जननेता मदन भण्डारी र जिवराज आश्रितको २१ औं स्मृति दिवस । यस अवसरमा नेकपा एमाले कास्कीले विचार गोष्ठी आयोजना गर्दैछ । जनताको बहुदलिय जनवादका दुई दशक र नेपाली समाजको आर्थिक, सामाजिक विकास र रुपान्तरणामा त्यसको सान्दर्भिकता विषयक विचार गोष्ठी गर्ने भएको एमाले कास्कीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

जिल्ला कमिटिको तेश्रो पुर्ण बैठकको निर्णय पनि सार्वजनिक गरिएको छ । पोखरा नगर समन्वय कमिटी गठन र पार्टीको जिल्ला विभागको जिम्मेवारी वाँडफाँड गरिएको निर्णय पत्रकार सम्मेलनमा अध्यक्ष कृष्ण थापाले सार्वजनिक गरे ।

जिल्ला पार्टी कार्यालयको सभाहलमा हुने विचार गोष्ठीमा पार्टीका पोलिब्युरो सदस्य एवं पुर्व मन्त्री मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यता रहने पत्रकार सम्मेलनमा जानकारी गराईयो । स्मृतिको अवसरमा एमाले क्षेत्र नं. २ ले पोखरा १६ स्थित मदन आश्रित पार्कको सरसफाई, क्षेत्र नं ४ को मुखपत्र ‘हाम्रो वर्ग संर्घष’को विमोचन र अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस एकाईले क्याम्पस हातामा रहेको मदन आश्रित बाटिका सरसफाई गर्ने भएको छ ।

यसैबीच, तेजनारायण अधिकारीको संयोजकत्वमा ४६ सदस्यीय नेकपा एमाले पोखरा नगर समन्वय कमिटी ंगठन गरिएको छ । कमिटिको तीन सहसंयोजकहरुमा दानबहादुर बानिया, भेषराज बराल र कृष्णप्रसाद वराल चयन भएका छन् ।

पार्टीका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्यता र केन्द्रीय कमिटि, अञ्चल कमिटि, राष्ट्रिय प्रतिनीधी पार्षद तथा सल्लाहकारहरुको समेत उपस्थिती रहेको जिल्लाको बैठकले एमाले कास्कीको विभागिय जिम्मवारी वाँडफाँड गरेको एमाले कास्कीले जानकारी दियो । जस अनुसार राज्य व्यवस्था विभाग प्रमुखमा जिल्ला कमिटि अध्यक्ष कृष्ण थापा रहेका छन् । उपाध्यक्ष मनबहादुर गुरुङको संयोजकत्वमा स्थानिय विकास एवं भौतिक संरचना विभाग, सचिव दामोदर बैरागीको संयोजकत्वमा पार्टी स्कुल विभाग, सहसचिव प्रभा कोइरालाको संयोजकत्वमा सहकारी विभाग, दिपक पौडल संयोजक रहेको शिक्षा तथा मानवश्रोत विभाग, युवराज पौडेलको संयोजकत्वमा उद्योग तथा श्रम विभाग गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

यसरी नै प्रचार विभागको जिम्मेवारी तेजनारायण अधिकारीलाई दिईएको छ भने कानुन विभागको प्रमुखमा बाबुराम पौडेल तथा सचिवमा पदमप्रसाद पौडेल र स्वास्थ्य जनसंख्या तथा वातावरण विभागको प्रमुखको जिम्मेवारी गंगा कुँवरलाई दिइएको अध्यक्ष थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: