रेडक्रस उपशाखाहरुको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण

Share:

जेठ ३, पोखरा । कास्कीमा रहेका रेडक्रस उपशाखाहरुको क्षमता अभिवृद्धिका लागि पोखरामा शनिवार उपशाखा व्यवस्थापन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति बामदेव ढुङ्गानाले संघसंस्थाहरुलाई प्रदान गरिने प्रशिक्षण कार्यक्रमले क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा–५ र ७ को व्यवस्थापनमा भएको कार्यक्रममा रेडक्रस अभियानबारे कृष्ण तिमिल्सीना, उपशाखा व्यवस्थापनबारे खेमराज सापकोटा र कार्ययोजना र समन्वयबारे राजेश घिमिरे र लक्ष्मण कोइलालाले सहजिकरण गरेका थिए । सो अवसरमा कास्की शाखाका उपसभापति डोलराज पाण्डे, मन्त्री कृष्ण तिमिल्सीना, कोषाध्यक्ष धर्मराज अधिकारी, पोखरा ५ उपशाखाका ऋषि गौतम र ७ का सभापति शिवराज बराल लगायतले बोलेका थिए ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले आयोजना गरेको एक दिने सो प्रशिक्षणमा कास्कीका ५० वटा उपशाखाका १ सय जनाको सहभागिता रहेको थियो । कास्कीमा पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका र गाविसमा ५५ वटा उपशाखाहरु रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: