पोखरा ११ मा कार्यालय व्यवस्थापन तालिम

Share:

रञ्जन अधिकारी, पोखरा, ३ जेठ / टोल विकास संस्था, वडा समन्वय समिति पोखरा ११ को आयोजनामा शनिबार टोल स्थित संस्थाका पदाधिकारीका लागि एक दिने कार्यालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

तालिमको शुभारम्भ गर्दै पोखरा उपमहानरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले संस्थाको दैनिक क्रियाकलापहरुलाई व्यवस्थित गर्न कार्यालय व्यवस्थापन तालिम फलदायी बन्ने बताए । उनले यस्ता तालिम हरेक संस्थाका पदाधिकारीलाई आवश्यक पर्ने भन्दै पोखरा उपमहानगरपालिका कार्यालयले यस्ता तालिम संचालनका लागि सहयोग गर्दै आएको जनाए ।

विशेष अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष एवं आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले तालिम विना कुनै पनि काम राम्रोसँग गर्न नसक्ने भएकाले कार्यदक्षता अभिवृद्धिका लागि हुने यस्ता तालिम आवश्यक रहेको बताए । उनले कामको स्तरीयताका लागि पनि पदीय जिम्मेवारमा रहनेले कार्यालय व्यवस्थापन तालिम लिनुपर्ने बताए ।

समितिका अध्यक्ष तुलाराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रगतिटोल विकास संस्थाकी अध्यक्ष डाल्डादेवी भुजेल लगायतले बोलेकी थिईन् । उपाध्यक्ष बाबुराम केसीले स्वागत तथा सचिव महावीर थापाले कार्यक्रमको संचालन गरेका थिए ।

टोल स्थित टोलविकास संस्थाहरु, आमा समूहका पदाधिकारीको सहभागिता रहेको तालिममा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक पदम दवाडीले लेखा प्रशिक्षण तथा पत्रकार गंगाधर पराजुलीले कार्यालय व्यवस्थापन तथा बैठक विधि संचालन सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: