
रञ्जन अधिकारी पोखरा, ३ जेठ। संस्कृतिकर्मी सर्वज्ञमान प्रधानाङ्ग संस्कृति शिरोमणिको उपाधी सहित अभिनन्दित भएका छन् । उनलाई भक्तपुरदेखि पोखरा आएर दुई संस्थाले संयुक्त रुपमा शनिबार पोखरामा अभिनन्दन गरेका हुन् । ‘नेवारी समुदायको गौरव बढाउँदै कला, संस्कृति र शास्त्रीय सङ्गीतको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको’मा उनलाई संस्कृति शिरोमणिको उपाधी सहित अभिनन्दन गरिएको हो।
नेपाल सहित्य मन्दिर, भक्तपुर र विराट नेपाल भाषा साहित्य सम्मेलन गुठी, भक्तपुरले संयुक्त रुपमा प्रधानाङ्गलाई अभिनन्दन गरेका हुन्। पोखरा–२ भैरवटोल बस्ने संस्कृतिकर्मीलाई उनको शतवार्षिकीको अवसर पारेर अभिनन्दन गरिएको हो। संस्कृतिकर्मी प्रधानाड्डका पुर्खाहरू भक्तपुरबाट बसाई सरी पोखरा आएका थिए। प्रधानाड्डले नेवारी संस्कृतिको संरक्षणमा खेलेको भूमिका सञ्चारमाध्यमबाट थाहा पाएपछि दुई संस्थाका प्रतिनिधी पोखरा आएर उनलाई अभिनन्दन गरेका हुन्।
पोखराको भैरव सांस्कृतिक संरक्षण समितिले व्यवस्थापन गरेको कार्यक्रममा नेपाल साहित्य मन्दिरका अध्यक्ष तिकलप्रसाद कायस्थ र विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीका अध्यक्ष प्रदीपरत्न शाक्यले उनलाई संयुक्त रुपमा अभिनन्दन गरे।
संस्कृतिकर्मी प्रधानाड्डलाई अभिनन्दनपत्र सहित फेता, दोसल्ला र भादगाउँले टोपी पहि¥याएर अभिनन्दन गरिएको थियो। प्रधानाड्डले नेवारी संस्कृतिको माघेजात्रा, भैरवजात्रा, तयाःमया, बाघ जात्रा सहित लोपान्मुख भजनहरूको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको भैरव सांस्कृतिक संरक्षण समितिका सदस्य अष्टमान प्रधानाड्डले बताए।
अभिनन्दित व्यक्तित्व प्रधानाड्डले आफ्नो योगदानलाई सम्झेर पुख्र्याैली थलोका संस्थाहरूले पोखरामा आएर सम्मान गर्दा आफूलाई गर्व लागेको बताए।
कार्यक्रममा हाम्रो भाषा हाम्रो संस्कृति कास्कीका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, भैरव सांस्कृतिक संरक्षण समितिका अध्यक्ष कृष्णदेव प्रधानाड्ड, नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखे, नेवाः दे दबुका सल्लाहाकार प्रकाश पालिखे, विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीका सल्लाहकार डा. योगेन्द्र प्रधान र नेपाल सहित्य मन्दिरका सल्लाहकार तेजेश्वरबाबु श्वागले मौफसलमा विभिन्न भाषा, जाति र धार्मिक समुदायको बीचमा नेवारी भाषा, साहित्य र संस्कृतिको प्रचार–प्रसारमा संस्कृतिकर्मी प्रधानाड्डले पु¥याएको योगदान अविश्मरणीय रहको उल्लेख गरे। नेपाल सहित्य मन्दिरका अध्यक्ष तिलकप्रसाद कायस्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीका अध्यक्ष प्रदीपरत्न शाक्यले स्वागत, सल्लाहकार नरेन्द्रभक्त हाडाले धन्यवाद ज्ञापन र पूर्व अध्यक्ष त्रिरत्न शाक्यले कार्यक्रम सञ्चालन गरेका थिए।
