नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको महाधिवेशन शुरु

Share:

पोखरा, १० जेठ। नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन शनिबार देखि पोखरामा शुरु भएको छ । जातीय ऐतिहासिक पहिचानसहितको संघिय संविधानको लागि हाम्रो आन्दोलन, पहिचानमा आधारित समावेशी संघीय शिक्षा प्रणालीको पक्षमा पाँचौ राष्ट्रिय महाधिवेशन भन्ने मुल नाराका साथ शुरु भएको महाधिवेशन तिन दिन सम्म चल्ने छ।

महाधिवेशनमा देशभरिका प्रदेश जिल्ला र महासंघमा आवद्ध जातीय विद्यार्थी घटक संगठनहरुबाट गरि तिन सय प्रतिनिधिको सहभागिता रहेको छ । महाधिवेशनले तिन वर्षका लागि नया नेतृत्व चयन गर्नुको साथै पोखरा घोषणा पत्र समेत जारी गर्ने छ । महाधिवेशन उद्घाटन पूर्व वाजगाजा झाकिसहित पोखराको रंगशाला गेट अगाडिबाट शुरु भएको ¥याली लखनचोक नयाँबजार, महेन्द्रपुल, चिप्लेढुड्डा, न्यूरोड हुदै सभागृहचोकमा आएर कार्यक्रममा परिणात भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले पहिचान सहितको संघीय संविधान निर्माण गर्नका लागि सडक देखि सदन सम्म दवाव सिर्जना गर्नु पर्ने बताएका थिए । प्रमुख राजनितिक दलहरुले आदिवासी जनजातीका मुद्धालाई सम्वोधन गर्ने संकेत नदेखिएको बताउदै उनहिरुले अधिकार प्राप्तीका लागि सडक देखि सदन सम्म दावाव सिर्जना गर्नु पर्नेमा जोड दिएका थिए ।

भर्खरै सम्पन्न संविधान सभाको चुनावमा पहिचानका पक्षधरको हार भएको भन्ने हल्ला पहिचान विरोधीहरुले लाएको बताउदै यसका लागि सम्पूर्ण पहिचान पक्षधर एक ठाँउमा भएर आन्दोलन गर्नु पर्ने वेला आएको उनिहरुको भनाई थियो ।

संविधान सभाको चुनावमा पहिचान पक्षधरको जित हुन नसकेपनि पहिचान पक्षधरहरुको संख्या भने कम आकलन गर्न हुदैन उनिहरुले भने–अव अधिकारका लागि पहिचान पक्षधरहरु एक ठाँउमा उत्रिने वेला आएको छ । अहिलेका संविधान सभाबाट पनि आदिवासी जनजातीको अवाजलाई सम्वोधन गर्ने पक्षमा नरहेको वताउदै उनिहरुले कडा आन्दोनल गर्नुको विकल्प नभएको टिप्पणी गरेका थिए ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य पृथ्वीसुब्वा गुरुङले गएको संविधान सभामा पहिचान सहितको संघिय संविधान जारी गर्न खोज्दा दलहरु नमिल्लो असम्भव भएको बताए ।

गएको संविधान सभामा पहिचान सहितको संघिय संविधान वनाउनु पर्नेमा वहुमत सभासदले आवज उठाएका थिए उनले भने–अवको संविधानमा पनि त्यो अवाजलाई वुलन्द वनाउ पहिचानपक्षधर एक हुन जरुरी छ ।

नेपाली काँग्रेसका नेता इन्द्रबहादुर गुरुङले पहिचान सहितको संघिय संविधान जारी गर्नका लागि विद्यार्थीहरुले पनि दवाव सिर्जना गर्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमाल, नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघका संस्थापक अध्यक्ष रामबहादुर थापा मगर र गण्डकी तारा ओम गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमाल, निर्वतमा अध्यक्ष राजकुमार लेखी, नेपाल आदिवासी विद्यार्थी महासंघका संस्थापक अध्यक्ष रामबहादुर थापा, आदिवासी जनजाती महासंघका पूर्व महासचिव वालकृष्ण मावुहाङ, पूर्व महासचिव आङकाजी शेर्पा, अधिवक्त सुरेन्द्र थापामगर, जनजाती उत्थान प्रतिष्ठानका पूर्व सदस्य सचिव लोकबहादुर थापामगर, आदिवासी जनजाती युवा महासंघका कार्यवहाक अध्यक्ष इन्द्रबहादुर गुरुङ, संघिय समाजवादी पाटीका स्थायी कमिटि सदस्य गणेशमान गुरुङ, एनेकपा माओवादीका वखानसिंह तमू, मधेशी विद्यार्थी फोरम लोकतान्त्रिकका अध्यक्ष कपिलेश्वर यादव, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सदस्य नरेश रोकाय, अग्रगामी विद्यार्थी युनियनका अध्यक्ष शैलेश लामा, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य दिवश पुनमगर, राष्ट्रिय आदिवासी जनजाती महिला महासंघकी महासचिव श्याममाया पुन मगर, तमू ह्युल छो ज धी कास्कीका सचिव चेतबहादुर तमु, तमुवान संयुक्त संघर्ष समिति कास्कीका संयोजक देविराज तमु, नेकपा–माओवादी कास्कीकी सेक्रटेरी सावित्री दुरा, नेपाल मगर विद्यार्थी संघकी अध्यक्ष दिपा आले मगरले बोलेका थिए ।

नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघका अध्यक्ष नरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त उद्घाटन शत्रमा कार्यक्रम व्यवस्थापन संयोजक रुद्र श्रीसमगरले स्वागत र महासचिव हर्कमान तामाङले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: