विमानस्थल प्रभावित क्षेत्रका बासिन्दाले मागे उचित मुआव्जा

Share:

सागर राज तिमिल्सिना पोखरा, १२ जेठ/पोखरामा निमार्ण हुन लागेको अन्तराष्ट्रिय विमान स्थलका लागी थप जग्गा सरकारले अधिकरण गर्न लागे पछि स्थानीयले विभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । घरजग्गा पीडित संघर्ष समिति निर्माणधिन विमानस्थल समितिका अध्यक्ष दिल बहादुर कार्कीले कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतलाई ६ बुदे माग सहित ज्ञापनपत्र बुझाएको हो ।

उनिहरुले पीडितहरुका घडेरी जग्गा प्रचलित दरभाउमा दिनु पर्ने, प्रति हात न्युनतम ३ लाख ५० हजार कायम गर्नु पर्ने, एकमुष्ट मुआब्जा रकम दिर्नु पर्ने, परिचय पत्र दिनु पर्ने लगाएतका माग राखेका छन् । विमान स्थल निमार्ण पक्रियालाई कुनै असयोग गर्ने बताउदै अध्यक्ष कार्कीले जग्गाको अधिक्तम मुल्याङकन गर्नु पर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी राउतले कानुनी प्रक्रिया अनुसार मुल्याङकन गरि मुव्जा दिने बताए । मुल्याङकनका लागी प्रमुख जिल्ला अधिकारी, नगरपालीकाको प्रतिनिधि, मालपोत कार्यालयका, नापी कार्यालय, नागरिक उड्यान प्राधिकरणको प्रतिनिधि रहेको पाँच सदस्यीय समितिले घर जग्गाको मुल्याङकन गर्ने बताए । उनले केहि दिनमा नै १५ दिने सुचना निकाली काम अगाडी बढाउने बताए । विमान स्थलका लागी करिब ६ सय ४० रोपनी जग्गा अधिकरणका लागी आवश्यक परेको प्रमुख जिल्ला अधिकारी राउतले बताए ।

कमेन्ट गर्नुहोस्
Share: