पत्रकार अधिकारीलाई १ लाख २ हजार सहयोग

Share:

पोखरा, १४ जेठ / सवारी दुर्घटनामा परी गम्भिर घाईते पत्रकार बसन्तराज अधिकारीको उपचार सहयोगको लागि पोखराका पत्रकारहरुले शुरु गरेको आर्थिक संकलन अभियानमा अहिले सम्म १ लाख २ हजार ४ सय ५ रुपैया सहयोग घोषणा भएको छ । त्यो मध्ये अधिकारीको बैंक खातामा ५८ हजार रुपैया उनका खातामा जम्मा भैसको छ ।

अधिकारीको फाइट कनेक्सन ट्राभल्स एण्ड टुरका सन्चालक शसि लामिछानेले ५ हजार रुपैया, नाटा पोखराका पुर्व अध्यक्ष केदार शर्माले २ हजार १ सय, किशोर दाहालले १ हजार १ सय र नरेन्द्र बास्तोलाले १ हजार रुपैया, पर्यटन व्यवसायी हरी पहारी १ हजार रुपैया सहयोग प्रदान गरेका छन् । सहयोगका लागी पछिल्लो समय नेपाल पत्रकार महासंघ तनहुँ शाखाले १२ हजार २ सय ५० रुपैया, रेवान पोखराले ५ हजार, पत्रकार रेम विक र बोधराज रेग्मीले एक÷एक हजार रुपैया घोषणा गरे छन् ।  स्वत स्फुर्त रुपमा सहयोग रकम घोषणा गर्ने क्रम जारी छ ।

अधिकारीका सहयोगका बेलायतमा रहेकी पार्बती गुरुङले २० हजार ५ रुपैया, पोखराका पर्यटन व्यवसायी तथा बुम¥याङ रेष्टुरेण्ट एण्ड बारका सन्चालक गणेश भट्टराईले १० हजार रुपैया, नेपाल पर्यटन बोर्ड पोखराकी प्रमुख श्रद्र्धा श्रेष्ठले १० हजार रुपैया, पोखरा अल्ट्रालाइट प्रालिका तर्फबाट ५ हजार रुपैया, विजय नेपाल र रिजन नेपालको तर्फबाट १ हजार रुपैया,  पत्रकार सुरेन्द्र पौडेल र रबिना पौडेलको तर्फबाट दुई हजार रुपैया, सन्तोष पोखरेल, सागरराज तिमिल्सिना, र रोहीतराज पराजुलीले एक÷एक हजार रुपैय, सामुदायिक प्रहरी सेवा केन्द्रकी पूर्ब अध्यक्ष सिता गुरुङ र दिपक पौडेलले जनही पाँच सय रुपैया सहयोग गरेका छन् ।

अधिकारीको सहयोगका लागी सभासद् रविन्द्र अधिकारीले ५ हजार रुपैया दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत सुरु भएको अभियानमा अष्ट्रेलियाबाट हिमाल नेपाल डटकमका सञ्चालक रविन्द्र हेमन्त पौडेलले १० हजार, गणेश पौडेल, राधिका कडेल, माधब पनेरु, गोकुल बानियाँ, प्रदिप पौडेल एक एक हजार रुपैया, पत्रकार गिता रानामगर, अमृता गुरुङ सहयोगको घोषणा गरेका छन् ।

गत बैंशाख २० गते पोखराबाट काठमाण्डौ जाने क्रममा धादिङको बैरेनीमा सगुन यातायातको माईक्रोबस दुर्घटनामा परी घाईते अधिकारीको काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचार पछि बुधबार पोखरा ल्याएको छ । कान्तिपुर टेलिभिजनको पोखरा संबाददाता अधिकारीलाई झण्डै एक बर्ष बेड रेष्टको आबश्यकता पर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: