वर्ष खेलाडीबाट अरुणा शाही सम्मानीत, पत्रकारीता पुरस्कार बस्नेतलाई

Share:

सागर राज तिमिल्सिना  पोखरा, १६ जेठ/स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले गणतन्त्र जनतको प्राप्ती भएको बताउदै यसको संस्थागतका गर्नु पर्ने बताएका छन् । गणतन्त्रलाई संविधान सभाबाट सस्थागत गर्नु पर्ने बताउदै उनले नयाँ बन्ने सविधानलाई कुनै विदेशी तागतले पनि नछेक्ने बताए । गणतन्त्र दिवस मूलआयोजक समिति र जिल्ला खेलकुद विकास समितको संयुक्त आयोजनामा पोखरा भएको सम्मान कार्यक्रममा मन्त्री अधिकारीले गणतन्त्र उत्सव गाउँ गाउँ सम्म पु¥याउनु पर्ने बताए ।

गणतन्त्र दिवसको अवसरमा मन्त्री अधिकारीले कास्की वर्ष खेलाडीबाट भलिबल खेलाडी अरुणा शाहीलाई सम्मान गरे । उनलाई नगद ३० हजार सहित सम्मानपत्र प्रदान गरेका थिए । यसैगरी कास्की वर्ष प्रशिक्षकबाट जीवन घिमिरे, आदर्श व्यक्ति बसन्त थकाली, खेल पत्रकार धन बस्नेत, जिल्ला लनटेनिस संघलाई जनही ५ हजार, सम्मानपत्र प्रदान गरि समान गरेका थिए ।

कार्यक्रममा नेपाली काग्रेस कास्कीका कार्यवाहाक सभापति विष्णु बास्तोला, नेकपा एमाले कास्कीका सविच दामोदर बैरागी, एकिकृत नेकपा माओवादी कास्कीका अध्यक्ष दिपक कोइराला, राप्रपा कास्का उपाध्यक्ष नरहरी तिमिल्सिना लगातले गणतन्त्रलाई सस्थागत गर्नु नै अहिले चुनौती भएको बताउदै संस्थागत गर्न दलहरु लाग्नु पर्ने बताए । उनिहरुले गणतन्त्र पछि आर्थिक रुपले विकास गर्नु नै अहिलेको चुनौति भएको बताए ।

कमेन्ट गर्नुहोस्
Share: