पोखरा, १६ जेठ/नेपाल पत्रकार महासंघ कास्कीमा युरोगार्ड प्रदान गरिएको छ । पत्रकार महासंघ कास्कीका सदस्य तथा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य माधब पनेरुले महासंघलाई युरोगार्ड प्रदान गरेका हुन ।
एक कार्यक्रमका बिचमा पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजेन्द्र अधिकारी लाई युरोगार्ड हस्तान्तरण गरिएको हो । युरोगार्ड ग्रहण गर्दे उपाध्यक्ष अधिकारीले महासंघमा आउने पत्रकार तथा पाहुनाहरुलाई शुद्ध पानि दिन पाएकोमा खुसि ब्यक्त गरे ।
मानब शरिरमा लाग्ने ८५ प्रतिशत रोग पानिका कारण लाग्ने र पत्रकार महासंघमा आयोजना हुने हरेका कार्यक्रममा पानी किन्नु पर्दा खर्च बढेकाले आफुले शुद्ध पानीका लागी युरोगार्ड प्रदान गरेको पनेरुले बताए ।
श्रमजिबि पत्रकारहरु आफ्नो सस्थामा आउदा र्निधक्क सभा पिउने पानी पिउन पाउन भन्ने आफुले चाहेको पनेरुले बताए । कार्यक्रममा पत्रकार महासंघ कास्कीका कोषध्यक्ष राम प्रसाद तिमल्सीना , सहसचिब कृपा भण्डारीले धन्यबाद दिएका थिए ।
