वीर गणेशमान सिंह गोल्डकप उपाधि आर्मीलाई, पुलिस ३-१ गोलले पराजित

Share:

रञ्जन अधिकारी, पोखरा २४ जेठ / बिराटनगरमा संचालित वीर गणेशमान सिंह गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

शनिबार भएको फाइनल भिडन्तमा अर्को विभागीय टोली पुलिसलाई ३-१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपधिसँगै ५ लाख मात्र पाएन, ५ वर्षे उपाधिको खरेडी टारेको छ । आर्मीले यसअघि २०६६ मा बुटबलमा भएको तिलोत्तमा गोल्डकप जितेको थियो । उपविजेता पुलिसले भने २ लाख ५० हजारमा चित्त बुझाएको छ ।

स्थानीय सहिद रंगशालामा भएको खेलमा आर्मीको जितमा टेकबहादुर बुढाथोकी, भरत खवास र टंक बस्नेतले गोल गरेका थिए । खेलको २० औ मिनेटमा जुमनु राईको गोलमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पुलिस पराजित भयो । २० औं मिनेटमा रविन श्रेष्ठलाई डिबक्स एरियामा लडाएपछि पुलिसले पेनाल्टी पायो ।

पुलिसका जुमानु राईले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८९ औं मिनेटसम्म एक एकको बराबरीमा रहेको खेलको ९० औं मिनेटमा भरतले र इन्जुरी समयको अन्तिम मिनेटमा टंकले एक–एक गोल गरेका थिए । ३४ औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले बराबरी गोल गरेका थिए ।

Pic. Goalnepal.com

कमेन्ट गर्नुहोस्
Share: