हुम तमु पोखरा, २४ जेठ /चिउली पार्चे तमु समाज पोखरामा शनिवार एक कार्यक्रमका विच मिर्गौला पीडित सिरमाया गुरुङको उपचार, सिक्लेस युवा क्लबका लागि अक्षयकोष र सिक्लेस बहुउद्धेश्यीय भवन निर्माणका लागि १२ लाख १४ हजार ७७५ रुपैया हस्तान्तरण गरिएको छ ।
पोखरा चापापानीमा रहेको समाज घरमा आयोजित कार्यक्रममा पार्चे गाविस वडा नं. ५ सिक्लेसकी दुवै मिर्गौला पीडित २८ बर्षिया सिरमाया गुरुङ उपचारका लागि तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङको पहलमा संकलित ४ लाख १ सय २५ रुपैया चिउली पार्चे तमु समाजका अध्यक्ष क्याप्टेन गुमानधोज गुरुङले र नर्बेमा रहनुभएकी लक्ष्मी गुरुङको सक्रियतामा संकलित ४९ हजार रुपैया ७५ रुपैया मनु गुरुङ र रेखा गुरुङले सिरमाया मिर्गौला प्रत्यारोपण आर्थिक सहयोग संकलन समितिका संयोजक कुलप्रसाद गुरुङलाई हस्तान्तरण गरिएको हो ।
यसरी नै सिक्लेस युवा क्लवको आयोजनामा सिक्लेसमा आयोजना गर्ने माघे सक्रान्ति मेलको निरन्तरताका लागि सिक्लेस युवा क्लवले स्थापना गरेको सिक्लेस युवा क्लव अक्षयकोषमा सिक्लेस घर भै हाल तमु धिं युकेका संस्थापक अध्यक्ष, वरिष्ठ समाजसेवी मिनप्रसाद तमुले प्रदान गर्नुभएको ३ लाख रुपैया चिउली पार्चे तमु समाज पोखराका अध्यक्ष क्या.गुमानधोज तमुले सिक्लेस युवा क्लवका अध्यक्ष किर्तीमान गुरुङ र कोषाध्यक्ष इन्द्रजंग गुरुङलाई हस्तान्तरण गर्नुभएको हो । यसरी नै अक्षयकोषका सिक्लेस गैरीथर घर भै युकेका कार्यरत, तमु धिं युकेका महासचिव नन्दजंग गुरुङले पठाउनु भएको १ लाख ५० हजार रुपैया उहाँका आफन्त पार्चे गाविसका निवर्तमान अध्यक्ष मनबहादुर गुरुङले र सिक्लेस जन्मथलो भई अमेरिकाको न्युओर्क तमु समाजका अध्यक्ष पुर्णबहादुर गुरुङ(नारायण)ले प्रदान गर्नुभएको २ लाख रुपैया उहाँका बुबा पार्चे गाविसका पुर्व प्रधानपञ्च डम्बरबहादुर गुरुङले सिक्लेस युवा क्लवका अध्यक्ष किर्तीमान गुरुङ र कोषाध्यक्ष इन्द्र जंग गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।
यसैगरी सिक्लेस युवा क्लवको सक्रियतामा सिक्लेसमा निर्माणधीन बहुउद्धेश्यीय भवन निर्माणका लागि मिनप्रसाद गुरुङको सक्रियतामा युकेमा संकलित १ लाख १५ हजार ५ सय रुपैया चिउली पार्चे तमु समाजका उपाध्यक्ष सु.रनबहादुर गुरुङले निर्माण समितिका दिनेश गुरुङ र नारायण गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।
यसैगरी सिक्लेस युवा क्लवको सक्रियतामा सिक्लेसमा निर्माणधीन बहुउद्धेश्यीय भवन निर्माणका लागि मिनप्रसाद गुरुङको सक्रियतामा युकेमा संकलित १ लाख १५ हजार ५ सय रुपैया चिउली पार्चे तमु समाजका उपाध्यक्ष सु.रनबहादुर गुरुङले निर्माण समितिका दिनेश गुरुङ र नारायण गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।
चिउली पार्चे तमु समाज पोखराका अध्यक्ष क्या.गुमानधोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पार्चे गाविसका निवर्तमान अध्यक्ष मनबहादुर गुरुङ, सिरमाया मिर्गौला प्रत्यारोपण आर्थिक सहयोग संकलन समितिका संयोजक कुलप्रसाद गुरुङ, पार्चे गाविसका तत्कालिन प्रधानपञ्च डम्बरबहादुर गुरुङ, आदिवासी जनजाति पत्रकार महासंघ कास्की(फोनिज)का अध्यक्ष हुमबहादुर गुरुङ, सिक्लेस युवा क्लवका अध्यक्ष किर्तीमान गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संञ्चालन चिउली पार्चे तमु समाज पोखराका सचिव पमबहादुर गुरुङले गर्नुभएको थियो ।
कार्यक्रममा आर्थिक संकलन समितिका संयोजक कुलप्रसाद गुरुङले हालसम्म सिरमाया गुरुङको उपचारका लागि ३१ लाख रुपैया संकलन भएको जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्
