पोखरा, २४ जेठ /सवारी दुर्घटनामा परी गम्भिर घाईते पत्रकार बसन्तराज अधिकारीको उपचार सहयोगको लागि पोखराका पत्रकारहरुले शुरु गरेको आर्थिक संकलन अभियानमा अहिले सम्म १ लाख १८ हजार ४ सय ५ रुपैया सहयोग घोषणा भएको छ । त्यो मध्ये अधिकारीलाई नगद ३० हजार रुपैया सहयोग प्रदान गरेका छन् भने उनको बैंक खातामा ५८ हजार रुपैया जम्मा भैसको छ ।
अधिकारीको सहयोगका लागि पछिल्लो समय पोखरा फोटो ग्राफर संघ पोखराले ५ हजार सहयोग गरेको छ । पोखरा फोटो ग्राफर संघ पोखरा नेपालको आर्थिक सहयोग कोष अन्तरगत जम्मा भएको रकम मध्येबाट ५ हजार रुपैया सहयोग प्राप्त गरेको अध्यक्ष दुर्गा प्रसाद पौडेलले जानकारी दिए ।
आर्थिक सहयोग कोषकी संयोजक सान्वना पौडेलले सानो सहयोगले पनि घाइतेको उपचारमा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरेको बताए । त्यसै गरि यस अगाडी घोषणा गरि सकेको सभासद् रविन्द्र अधिकारीले ५ हजार रुपैया र पत्रकार माधव पनेरुले १ हजार रुपैया सहयोग गरेका छन् ।
